तोलामा १२ सय घट्यो सुन
काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९६ हजार ३ सय रुपैयाँ थियो ।
यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ । त्यसयता मूल्य घट्दै आएको छ ।
चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३१५ रुपैयाँ रहेको चाँदी आज २३०० रुपैयाँमा झरेको छ । चाँदीको भाउ २३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
