सोमबार २२ मंसिर, २०८२

विद्याबारे प्रधानमन्त्री ओलीले नबोलेको कुरा समाचारमा आयो : सचिवालय

विद्याबारे प्रधानमन्त्री ओलीले नबोलेको कुरा समाचारमा आयो : सचिवालय

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका महाधिवेशन प्रतिनिधिसँग गरेको भेटघाटमा आफूले नबोलेका भनाइलाई हवाला लिँदै भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ ।

विधान महाधिवेशनको बुधबार बेलुका पूर्वसन्ध्यामा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं र ललितपुरका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए । उक्त भेटघाट कार्यक्रम कुनै प्रशिक्षणमूलक नभई अनौपचारिक छलफल मात्र भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘सो भेटमा ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र संघर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनलाई हुन पुुगेका क्षति, अहिले पार्टीले लिएको नीति, पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, अहिलेको सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक कामलगायत विषयमा आफ्नो दृष्टिकोण राख्नुुभएको थियो,’ सचिवालयले जारी प्रेस विज्ञप्तिमा लेखिएको छ ।

ओलीले भण्डारीलाई पार्टीभित्र अध्यक्ष पदमा उम्मेदवार बने हार्ने सम्भावना रहेको र त्यसपछि पार्टीभित्र विवाद बढ्ने भएकाले अहिलेको सम्मानजनक भूमिकामै रहन आग्रह गरेको पनि सचिवालयले स्पष्ट पारेको छ ।

सचिवलयबाट जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘अध्यक्ष ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई आफूलेजति सम्मान र माया अरु नेताले नगरेको र उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुुग्नुुभएको भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै भन्नुुभएको थियो ।’

‘पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा विधिवतरुपमा सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरुअरु पार्टीका नेताहरुसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो । यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुुग्दैन र उहाँ त्यसरुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरुलाई लागेको छ र केन्द्रीय कमिटीले त्यसअनुसार उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुुग्ने निष्कर्ष हो,’ ओलीको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ ।

सचिवालयका अनुसार ओलीले भनेका थिए, ‘उहाँले (विद्यादेवी भण्डारीले) पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुुन्न । नेतृत्व लिने कुरा कसैको आँखामा नभिबm्ने लालगेडी हुनुु होइन । नेतृत्व क्षमता चाहिन्छ । परिस्थिति अनुसार डटेर सामना गर्नुपर्ने हुन्छ । उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ । हारेपछि पार्टीको विरोधमा लाग्नुुहुन्छ । त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारवाहीमा जानुुपर्ने हुन्छ ।’

त्यस खालको अपमानजनक अवस्थामा जानुुभन्दा अहिले नै सम्मानजनक हैसियत रहन र राजनीतिमा नआउन ओलीले आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुुभएको छ । उहाँलाई उहाँसँग निकट भएका साथीहरुले त्यसो नगर्न सम्झाउनुुपर्छ, उल्काउनुु हुँदैन,’ ओलीले भनेका थिए ।