सोमबार २२ मंसिर, २०८२

अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाइन् नाउपा केन्द्रीय समिति बैठक

अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाइन् नाउपा केन्द्रीय समिति बैठक

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले आगामी भदौ १५ र १६ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेकी छन्।

कान्तिपथस्थित होटल एल्लो प्यागोडामा बस्ने यो बैठक पार्टीभित्रको आन्तरिक विवाद र पछिल्लो राजनीतिक घटनाक्रमपछि पहिलो पटक हुन लागेको हो।

बैठकमा चार मुख्य कार्यसूचीमाथि छलफल हुने अध्यक्ष श्रेष्ठले जानकारी दिएकी छन्। ती कार्यसूचीहरूमा समसामयिक राजनीतिक विषय, विधान संशोधन प्रस्ताव, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोगमा अध्यावधिक गर्ने विषय रहेका छन्।

स्मरण रहोस्, गत साउन १६ गते नाउपाका संरक्षक रेशम लाल चौधरी पक्षले राष्ट्रिय भेला आयोजना गरी रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट कारबाही गर्दै हटाएको घोषणा गरेको थियो।

उक्त भेलाले लालवीर चौधरीलाई अध्यक्ष बनाउँदै निर्वाचन आयोगमा अद्यावधिका लागि निवेदन पनि दिएको थियो। तर, निर्वाचन आयोगले उक्त भेलालाई अवैध ठहर गर्दै रेशम पक्षको अद्यावधिक निवेदन खारेज गरिदिएको थियो। आयोगको यो निर्णयपछि नाउपामा रञ्जिता श्रेष्ठकै नेतृत्व वैधानिक रहेको पुष्टि भएको थियो।