आइतबार २१ मंसिर, २०८२

साफ यू– १७ महिला च्याम्पियनसिप : नेपाल आज भारतसँग भिड्दै

साफ यू– १७ महिला च्याम्पियनसिप : नेपाल आज भारतसँग भिड्दै

काठमाडौँ । साफ यू– १७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल भारतसँग भिड्दै छ । नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे सुरु हुने छ । 

डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छभने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । नौ अङ्कका साथ बंगलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् । 

खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपालले प्रतिस्पर्धा गर्ने  छ । उपाधि जित्ने होडबाट भने नेपाल बाहिरिसकेको  छ ।