सोसल मिडिया बन्दको विरोधमा ‘कमेडी नाइट् विथ च्यापिन्यन्स’ : शो अस्ट्रेलियाबाट अपलोड हुने
काठमाडौं । सामाजिक संजाल बन्द गर्ने सरकारी कदमको लोकप्रिय टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले सांकेतिक प्रतिवाद गर्ने भएको छ ।
शोले विदेशबाटै एपिसोडलाई युट्युबमा अपलोड गर्ने जनाएको छ । शुक्रबारदेखि प्रसारण हुने शो अस्ट्रेलियाबाट अपलोड गरिने निर्माता तथा निर्देशक विशाल भण्डारीले जनाए ।
‘सरकारको कदमको सांकेतिक प्रतिवाद हामीले विदेशबाटै शो अपलोड गरेर गर्दैछौं । यो सिम्बोलिक विरोध हो’ उनले भने ।
‘सरकार निरकुंशतातिर अघि बढेको गन्ध आइरहेको छ । यसलाई सशक्त प्रतिवाद गर्न जरुरी छ’ भण्डारीले भने । उनले सोमबारदेखि काठमाडौंमा सुरु हुने जेन-जीको आन्दोलनमा पनि शोको ऐक्यबद्धता रहेको बताए ।
उनले उक्त आन्दोलनमा शोका कमेडियनहरू सहभागी हुने बताए । ‘सरकारको कदमले जनताले विरोध गर्नुभएको छ । यसले कन्टेन्ट क्रिएटरको दैनिक जीवनलाई असर पारेको छ’ उनले भने ।
नागरिककको व्यवसायिक गतिविधिलाई ध्यान नदिइकन सरकारले हचुवामा निर्णय गरेको भण्डारीको भनाइ छ ।
यसैबीच, अर्को टिभी रियालिटी शो ‘कमेडी दरबार’ले पनि शुक्रबार प्रसारित शो विदेशबाटै अपलोड गरेको छ ।
