आइतबार २१ मंसिर, २०८२

पुनर्निर्माण कार्ययोजना तयार पार्न सरकारी कार्यालयलाई अर्थ मन्त्रालयको सर्कुलर

पुनर्निर्माण कार्ययोजना तयार पार्न सरकारी कार्यालयलाई अर्थ मन्त्रालयको सर्कुलर

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कार्यालयहरूलाई पुनर्निर्माण कार्ययोजना तयार पार्न सर्कुलर गरेको छ ।

गत २४ भदौमा  देशभरिका विभिन्न सरकारी तथा सार्वजनिक भवनमा तोडफोड र आगजनी भएका थिए । सिंहदरबारभित्र रहेका भवनहरूमा समेत तोडफोड र आगजनी भएको थियो ।

सर्वोच्च अदालत, जिल्ला अदालत, विशेष अदालत लगायतका संरचना समेत ध्वस्त भएको छ ।

संघीय संसद् भवनको रुपमा प्रयोग हुँदै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र समेत जलेको छ ।

अर्थ मन्त्रालयले पुनर्निर्माण कार्ययोजना बनाउन संघीय संसद् सचिवालयमा समेत सर्कुलर पठाएको छ । यो विषयमा गत शुक्रबार सभामुख देवराज घिमिरे सहितको उपस्थितिमा प्रशासनिक बैठक बसेको थियो ।

संसद् सचिवालयका अनुसार पार्किङमा रहेका १९ वटा गाडीमा क्षति भएको छ । ३६ वटा मोटरसाइकलमा क्षति भएको छ भने दुई वटा मोटरसाइकल हराएको छ ।