सोमबार २२ मंसिर, २०८२

ढाकाको अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रण, हवाई सेवा सुरु

ढाकाको अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रण, हवाई सेवा सुरु

काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रणमा लिएपछि हवाई सेवा पुन: सुरु भएको छ ।

सरकारले आगलागीको घटनाको छानबिनका लागि सात सदस्यीय समिति गठन गरेको छ ।

स्थानीय समय अनुसार शनिबार दिउँसो २:१५ बजे हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो क्षेत्रमा आगलागी भएको थियो । आगलागीमा मानवीय क्षति भएको छैन । हवाईजहाजहरु पनि सुरक्षित छन् ।

दमकलको सहयोगमा शनिबार राति ९ बजे आगो नियन्त्रणमा लिइएको थियो । त्यतिबेलैदेखि हवाई सेवा सुरु भएको हो ।

आगलागीको कारण पत्ता लगाउन छानबिन सुरु गरिएको छ ।