झलनाथ–घनश्याम पक्षधर पनि फुट्यो, रामकुमारी सहितको छुट्टै समूह
काठमाडौं । नेकपा एकीकृत समाजवादीभित्र अर्को समूह पनि बनेको छ ।
अध्यक्ष माधव नेपालको निर्णयमा बिमति राखेर बनेको झलनाथ खनाल र घनश्याम भूसाल समूह पनि विभाजित भएको हो । ‘झलनाथ खनाल र घनश्याम भूसालको समूहमा नरहने भयौं,’ नेता कृष्णकुमार श्रेष्ठले भने, ‘हाम्रो अर्कै तयारी चलिरहेको छ । केही दिनभित्रै टुंगोमा पुग्छौ ।’
श्रेष्ठका अनुसार आफूसहित रामकुमारी झाँक्री, डा.वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापा, अर्जुन राई लगायतले छुट्टै छलफल गरिरहेका छन् ।
माधव नेपालले माओवादीमा जान जसरी निर्णय लिनुभयो, त्यसमा असहमति हो । केन्द्रीय सदस्य थप्ने निर्णय नमानेका हौ,’ श्रेष्ठले भने, ‘तर एकता प्रक्रियामै जाने नजाने भन्ने छलफल बन्द गरेका छैनौ ।’
तर घनश्याम भूसालको नेतृत्वमा अगाडि बढेको समूहमा नजाने भने निश्चित भएको उनले बताए । भूसालले आज बोलाएको छलफलमा पनि यी नेताहरु सहभागी भएननन् ।
