आइतबार २१ मंसिर, २०८२

गोरखाको तातोपानी क्षेत्रबाट ३५ पर्यटकको सकुशल उद्धार

गोरखाको तातोपानी क्षेत्रबाट ३५ पर्यटकको सकुशल उद्धार

काठमाडौं । गोरखाको तातोपानी इलाकामा अलपत्र परेका विदेशी तथा नेपाली पर्यटकको उद्धार गरिएको छ ।

नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले २० विदेशी र १५ नेपाली गरी ३५ जना पर्यटकको सकुशल उद्धार गरेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार गोरखाको धार्चे गाउँपालिका–३ स्थित तातोपानी इलाकामा सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका उनीहरू पहिरोका कारण सोही ठाउँमा अलपत्र परेका थिए ।

पर्यटकहरू अलपत्र परेको जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस आरुघाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछीखोलातर्फ पठाइएको उनले बताए । उद्धार गरिएका पर्यटकहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।