सबै एजेण्डा सहमतिमा टुंगो लगाउने प्रयत्न भइरहेको छ: कार्यबाहक सभापति खड्का
काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र आएका सबै विचारहरुलाई सहमतिमा टुंगो लगाउने प्रयत्न भइरहेको जानकारी गराएका छन् ।
मंगलबारदेखि पुनः सुरु भएको केन्द्रीय समिति बैठकलाई प्रारम्भमा बोल्ने क्रममा कार्यवाहक सभापति खड्काले कार्यसम्पादन बैठकमा अनौचारिक छलफल गरेको जानकारी गराए ।
उनले भने,‘सबै एजेण्डाहरुलाई सहमतिमा टुंग्याउने गरी वातावरण बनाउने प्रयत्न भइरहेको छ।’ सहमतिका लागि अनौपचारिक बैठकहरु बस्दै जाने पनि खड्काले जानकारी गराए ।
चुनाव अघि वा चुनावपछि महाधिवशेन भन्ने विषयमा कांग्रेसमा सहमति जुट्न सकेको छैन । गत शनिबार देखि रोकिएको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ ।
