मनोहरा सुकुम्बासी बस्तीमा दुर्गा प्रसाईं : 'बालेनविरुद्ध लड्न म सहयोग गर्छु'
काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईं आइतबार मनोहरा सुकुम्बासी बस्तीमा पुगेका छन् ।
त्यहाँ भेला भएका मानिसलाई सम्बोधन गर्दै उनले मङ्सिर ७ गते देखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन आह्वान गरे ।
दलहरुले सुकुम्बासीहरुलाइ भोट बैंक मात्र बनाएको बताउँदै उनले आफूले भोट नमाग्ने बरु सबैलाइ पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन देखाए । सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने दाबी गर्दै उनले सुकुम्बासीलाई लछारपछार गर्नेको श्रीमती, घर परिवारलाई पनि त्यस्तै गर्ने धम्की दिए ।
सुकुम्बासी बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदैछ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ ।
