ओरालो लाग्यो सेयर बजार , १० प्रतिशत बढे ५ कम्पनीको कारोबार
काठमाडौं। सोमबार सेयर बजारमा कारोबार रकम घटेसँगै नेप्से परिसूचक पनि ओरालो लाग्यो। अघिल्लो दिनको तुलनामा नेप्से ५.८० अंकले घटेर २५६० मा कायम भयो।
बजारको सुरुवाती समयमा नेप्से बढेको देखिए पनि ११:३७ बजे २५७६ अंकसम्म पुगेपछि त्यसपछि ओरालो लागेर २:३१ बजे न्यूनतम २५४४ अंकमा झर्यो। साढे १ बजेपछि मात्र बजार केही स्थिर भयो। अघिल्लो दिन नेप्से ३० अंकले घटेको थियो।
आज ९१ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घट्यो र ११ कम्पनीको मूल्य स्थिर रह्यो। होटल तथा पर्यटन समूह १.६४% ले बढ्यो भने व्यापार ०.५५% र लगानी ०.१०% ले बढेको छ। अन्य सबै समूहका सूचक ओरालोमा रहे।
कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ५१ करोडमा सीमित रह्यो।
विशेषगरी बैंकिङ ०.६०%, विकास बैंक ०.६३%, फाइनान्स ०.७५%, हाइड्रोपावर ०.१०%, जीवन बीमा ०.२६%, उत्पादन तथा प्रशोधन ०.३०%, माइक्रोफाइनान्स ०.०८%, निर्जीवन बीमा ०.४१% र अन्य ०.२९% ले घटेको छ।
आज पाँच कम्पनीको मूल्य १०% ले बढेको छ। यी कम्पनीहरूमा दरामखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, माबिलुङ इनर्जी र सिटी होटल रहेका छन्। सिटी होटल बाहेक अन्य कम्पनीहरू हालै सूचीकृत भएका हुन्।
त्यस्तै, उन्नति सहकार्य लघुवित्तको मूल्य १०% ले घटेको छ। रुरु जलविद्युतको मूल्य ८.४५%, धौलागिरी लघुवित्त ५.६६% र उपकार लघुवित्त ५.६३% ले घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, युनियन हाइड्रोपावर, सिद्धार्थ बैंक डिबेन्चर २०८९, राधि विद्युत् र शिवम् सिमेन्ट रहेका छन्।
