सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त
काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको सञ्चालक समिति बैडकले आचार्यलाई माघ १२ गतेदेखि लागु हुनेगरी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।
आचार्य हाल सानिमा बैंककै डेपुटी सीईओ हुन् । हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ देखि सकिँदैछ ।
