उपदान कोषको ३ अर्ब ७० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
केन्द्रीय बैङ्कले एक सूचनामार्फत एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको हो ।
सूचना अनुसार क’ वर्गका वाणिज्य बैङ्कमा रु दुई अर्ब ९६ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैङ्कमा रु ५५ करोड ५० लाख, राष्ट्रियस्तरका वित्त कम्पनीमा रु १८ करोड ५० लाख बराबरको रकम लगानी गर्न लागिएको उल्लेख छ ।
बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पूरा भएको, बैङ्कबाट तोकिएको न्यूनतम कूल पुँजी कोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने जनाइएको छ ।
