लाल किल्ला मेट्रो स्टेशन अझै बन्द
नयाँ दिल्ली । सोमबारको घटनापछि लाल किल्ला मेट्रो स्टेशन बन्द अझै बन्द रहेको दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी)ले मंगलबार जानकारी दिएको छ ।
डीएमआरसीले माइक्रोब्लगिङ वेबसाइट एक्समा मेट्रो सेवाहरूको बारेमा अपडेट पोस्ट गरेको थियो । ‘सुरक्षा कारणले गर्दा लाल किल्ला मेट्रो स्टेशन बन्द नै छ । अन्य सबै स्टेशनहरू सामान्य रूपमा सञ्चालनमा छन्,’ पोष्टमा लेखिएको छ ।
सोमबार साँझ दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिकै कार विस्फोट भएको थियो । यस विष्फोटमा परेर आठ जनाको मृत्यु भयो ।
प्रहरीका अनुसार, यूएपीए विस्फोटक पदार्थ ऐन र बीएनएसको सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ । घटनाको छानबिन भइरहेको बताइएको छ ।
