स्वास्थ्य मन्त्रालय अन्तर्गत अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत
काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत विभिन्न निकायहरुमा अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य बीमा बोर्ड काठमाडौं, गेटा अस्पताल धनगढी (कैलाली), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा (बाँके), डडेल्धुरा अस्पताल (डडेल्धुरा) र कान्ति बाल अस्पताल (काठमाडौं) का लागि आर्थिक वर्ष २०८२/८३ मा आवश्यक अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
सरकारले उक्त निर्णय स्वास्थ्य सेवाको गुणस्तर सुधार र जनस्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले गरेको बताइएको छ।
