सोमबार २२ मंसिर, २०८२

नेपाली लसुनको भाउ घट्यो, प्रतिकिलो कति ?

नेपाली लसुनको भाउ घट्यो, प्रतिकिलो कति ?

काठमाडौं । स्थानीय बजारमा नेपाली लसुनको भाउ घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार नेपाली लसुनको भाउ घटेको देखाएको हो ।

कालीमाटी बजारमा नेपाली र चिनियाँ गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । आज बुधबार सुकेको नेपाली लसुनको भाउ किलोमा २० रुपैयाँ घटेको छ ।

मंगलबार नेपाली लसुन थोकमा १ सय ४५ रुपैयाँमा किनबेच भएकोमा आज १ सय २५ रुपैयाँ कायम छ ।

तर, चिनियाँ लसुनको भाउ आज स्थिर छ । चिनियाँ लसुन प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।