सोमबार २२ मंसिर, २०८२

कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ एकाउन्ट

कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ एकाउन्ट

 काठमाडौं । दिगो विकास लक्ष्य प्राप्तीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आफ्नो सेवा, सुविधा, प्रक्रिया तथा व्यवसायिक साझेदारीमार्फत सघाउने उद्देश्यले कुमारी बैंकले ग्रिन सेभिङ डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ ।

‘एक खाता एक रुख’ सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका तर्फबाट रोपिनेछ । ‘यसले प्रत्येक निक्षेपकर्ताको पर्यावरण संरक्षण तथा प्रवर्द्धनमा अप्रत्यक्ष रुपमा सहभागिता रहनेछ’ बैंकले भनेको छ ।

साथै खाता खोल्नेले विभिन्न थप सुविधा पनि पाउने बैंकले जनाएको छ । बैंकका अनुसार साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर, एक लाख रुपैयाँसम्मको बीमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा, दुई लाखसम्मको फोनलोन सुविधा पाउने छन् ।

यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवर्द्धन गर्ने, पर्यावरणलाई सकरात्मक प्रभाव पार्ने क्षेत्रहरूमा कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ ।

प्रत्येक खाता बापत एक रुख रोपिने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो योगदान पुग्ने बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले बताए । बैंकका देशभर ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइ सञ्चालनमा छन् ।