राजस्व सचिवमा भूपाल बराल
काठमाडौं । अर्थ मन्त्रालयको राजस्व सचिवको जिम्मेवारी भूपाल बरालले पाएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले बराललाई अर्थ मन्त्रालयमा राजस्व सचिवको जिम्मेवारी दिएको हो । अर्थमा केही समययता राजस्व सचिव रिक्त छ ।
उनी अहिले बागमती प्रदेशको प्रमुख सचिव छन् । बरालले लामो समय अर्थ प्रशासनमा रहेर काम गरिसकेका छन् ।
