अब साँघुरो जग्गाको पनि कित्ताकाट गर्न पाइने
काठमाडौं । अब साँघुरो जग्गाको पनि कित्ताकाट गर्न पाइने भएको छ । सरकारले भूउपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै कित्ताकाट खुला गरेको हो ।
यसअघि नियमावलीको नियम १२ को उपनियम २ मा ५०० वर्गमिटर भन्दा कम क्षेत्रफल भएको जग्गा यदि चौडाइभन्दा लम्बाई ४ गुणा बढी छ भने त्यस्तो जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्था थियो ।
संशोधित नियमावलीले यो व्यवस्था हटाइदिएको छ । योसँगै साँघुरो किसिमका त्यस्ता जग्गा समेत कित्ता विभाजन गरि बिक्री गर्न पाइने भएको छ ।
