सोमबार २२ मंसिर, २०८२

कपिलवस्तुमा बालिका बलात्कार गरेको आरोपमा भारतीय युवक पक्राउ

कपिलवस्तुमा बालिका बलात्कार गरेको आरोपमा भारतीय युवक पक्राउ

काठमाडौं। कपिलवस्तुमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश देवरिया गिडाका २२ वर्षीय राकेश निसाद छन्।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभुमी नगरपालिका–७ बिशमपुरास्थित सरस्वती इटा उद्योगमा काम गर्ने निसाद पक्राउ परेका हुन् ।

राकेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गोरूसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।