आइतबार २१ मंसिर, २०८२

धुर्मुस मानसिक–शारीरिक थकानका कारण उपचाररत, रंगशाला विवादले बढायो तनाव

धुर्मुस मानसिक–शारीरिक थकानका कारण उपचाररत, रंगशाला विवादले बढायो तनाव

काठमाडौं । चर्चित हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) अहिले मानसिक र शारीरिक थकानका कारण सामुदायिक प्राकृतिक चिकित्सालय, नवलपरासीमा उपचाररत छन्। उनकी पत्नी कुञ्जना घिमिरे (सुन्तली) ले सामाजिक सञ्जालमा फोटोसहित जानकारी दिइन्।

धुर्मुसले आफू डिप्रेसनको औषधि सेवन गर्दै आएको र मानसिक रूपमा कमजोर महसुस गरिरहेको बताएका छन्।

पछिल्लो तनावको मुख्य कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (भरतपुर) निर्माण विवाद हो। रंगशालाको निर्माण अलपत्र र १८ करोड रुपैयाँ बक्यौता अझै तिर्न बाँकी छ।

सहकर्मी कलाकारहरूले धुर्मुसको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै छिट्टै स्वास्थ्यलाभको कामना गरेका छन्।