मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनको म्याद थप्न गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।
मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राख्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आयोगलाई आग्रह गरेकी हुन् ।
यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सोहीअनुसार म्याद थपको तयारी भइरहेको बताइएको छ ।
राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारदेखि अनलाइनबाटै नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।
