सोमबार २२ मंसिर, २०८२

जीवन बीमा कम्पनीले कमाए १ अर्ब ९७ करोड नाफा, कसले कति कमाए ?

जीवन बीमा कम्पनीले कमाए १ अर्ब ९७ करोड नाफा,  कसले कति कमाए ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले कुल १ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका छन्। यो गत आवको सोही अवधिको १ अर्ब ९२ करोडभन्दा केही बढी हो।

सबैभन्दा बढी नाफा रिलायबल नेपाल लाइफले कमाएको छ – २५ करोड ८५ लाख रुपैयाँ। त्यसपछि सन नेपाल लाइफ २३ करोड ९२ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स २१ करोड ५५ लाख रुपैयाँ नाफामा छन्।

अन्य कम्पनीहरूको नाफा :

आईएमई लाइफ: १५.८३ करोड

एसियन लाइफ: १५.२५ करोड

सानिमा रिलायन्स लाइफ: १४.९६ करोड

नेशनल लाइफ: १४.०८ करोड

सिटिजन लाइफ: १३.१४ करोड

सूर्य ज्योति लाइफ: १२.८० करोड

हिमालयन लाइफ: १२.७७ करोड

एलआईसी नेपाल: १०.८३ करोड

मेट लाइफ: ९.७१ करोड

प्रभु महालक्ष्मी लाइफ: ६.३७ करोड

राष्ट्रिय जीवन बीमा कम्पनी: ०.१२ करोड

निर्जीवन बीमा कम्पनी घाटामा भए पनि जीवन बीमा कम्पनीहरूले नाफा कमाउन सफल भएका छन्।