सोमबार २२ मंसिर, २०८२

कामना सेवा विकास बैंकका ग्राहकलाई होटल सब्रिनामा १० प्रतिशत छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई होटल सब्रिनामा १० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं बूढानीलकण्ठस्थित होटल सब्रिनासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले एकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकले बैंकसँग आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुट सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुंगेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन् ।