सेयर बजारमा सुधारको संकेत : नेप्सेमा ९.७८ अंक वृद्धि, ३ अर्ब ९४ करोड कारोबार
काठमाडौं। सोमबार सेयर बजार परिसूचक नेप्से ९.७८ अंकले बढेर २५५० मा पुगेको छ। आज १६७ कम्पनीको मूल्य बढ्दा ७६ को घट्यो र १३ कम्पनी स्थिर रह्यो।
कारोबार रकममा पनि सामान्य वृद्धि देखियो। अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडको कारोबार भयो। विकास बैंक र होटल तथा पर्यटन समूह १ प्रतिशतभन्दा बढी बढे भने निर्जीवन बीमा ०.०९ प्रतिशत र अन्य समूह ०.४९ प्रतिशतले घटे।
बैंकिङ ०.१३, विकास बैंक १.५०, फाइनान्स ०.५६, होटल तथा पर्यटन १.०८, हाइड्रोपावर ०.८८, लगानी ०.५३, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.३४ र व्यापार समूह ०.०९ प्रतिशत वृद्धि भएको छ।
चार कम्पनी—बन्दीपुर केबुलकार, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र झापा इनर्जी—को सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै ग्रिन डेभलपमेन्ट बैंक ८.८९, जोशी हाइड्रोपावर ७.८४, माबिलुङ इनर्जी ७.३७ र कर्पोरेट डेभलपमेन्ट बैंक ७.२४ प्रतिशतले बढे।
भूगोल इनर्जी आज पनि १० प्रतिशत घटेर सबैभन्दा धेरै घट्ने कम्पनी बन्यो। नेपाल माइक्रो इन्स्योरेन्स ३.२१ र स्वाभिमान लघुवित्त २.४० प्रतिशतले घटे।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट, राधि विद्युत् र युनियन हाइड्रोपावर अगाडि रहेका छन्।
