आइतबार २१ मंसिर, २०८२

युवा सहभागिता बढाउन निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदैछौं : प्रधानमन्त्री कार्की

युवा सहभागिता बढाउन निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदैछौं : प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सरकार निर्वाचन सम्बन्धी अध्यादेश ल्याउन लागेको जानकारी दिएकी छन्।

सोमबार नागरिक समाजका नेताहरूसँगको छलफलमा  युवाहरूको असन्तुष्टि सम्बोधन गर्न र निर्वाचनमा उनीहरूको सहभागिता बढाउनका लागि अध्यादेश र अन्य संरचनात्मक सुधारका कदम चालिने उनले बताएकी हुन् । 

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनलाई केवल कानुनी विषय नभई गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति भएको बताए। यसैले अध्यादेशमार्फत युवापुस्ताको राजनीतिक सहभागिता सुनिश्चित गर्ने प्रयास भइरहेको उनले प्रष्ट पारेकी छन्।

त्यसैगरी, प्रवासी नेपालीलाई मताधिकार दिने सम्बन्धमा पनि अध्यादेश ल्याउने तयारी भइरहेको जानकारी दिइएको छ।