आइतबार २१ मंसिर, २०८२

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको हो।

जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रनको जबरजस्त इनिङ खेले भने मयन यादवले ३४ र लाहिरु समारकूनले २२ रन जोडेर टीमलाई सम्मानजनक स्कोरमा पुर्याए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

काठमाडौंका बलरहरूको तर्फबाट मिलिन्द कुमार उत्कृष्ट देखिए, उनले ३ विकेट लिए। सन्तोष यादव, साहबल आलम र करणा केसीले समान १–१ विकेट थप्दै आफ्नो टीमलाई सम्भावित विजयको बाटोमा उभ्याउने प्रयास गरे।

अब काठमाडौंलाई लक्ष्य  १३१ रन। उनीहरूले के चुनौतीपूर्ण रन पछ्याइरहेको लक्ष्य पुरा गर्नेछ कि जनकपुरको बलिङले विजयी शुरुवात सुनिश्चित गर्नेछ, हेर्न बाँकी छ।