आइतबार २१ मंसिर, २०८२

४१ बलमा ५४ रन बनाएर आउट भए आसिफ शेख

४१ बलमा ५४ रन बनाएर आउट भए आसिफ शेख

जनकपुर बोल्ट्सको भरोसा आसिफ शेख आउट भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा उनलाई काठमाण्डू गोर्खाजका शाहव आलमले आउट गरेका हुन् । तीन ब्याटर आउट हुँदा आसिफले टिकेर खेलिरहेका थिए । दोस्रो सिजनको एनपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी पनि उनी बनेका छन् । 

कप्तान अनिलकुमार साह भने २ बलमा एक रन पनि नबनाउँदै आउट भए । यस्तै विदेशी दुई खेलाडीले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । आसिफ आउट भएसँगै जनकपुर बोल्ट्स दबाबमा परेको छ ।