सोमबार २२ मंसिर, २०८२

मधेशमा मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै एमालेको धर्ना

मधेशमा मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै एमालेको धर्ना

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न दिन भन्दै नेकपा एमालेले दबाब दिएको छ ।

एमालेका नेता(कार्यकर्ता आज धर्ना दिएका छन् । जनकपुरको जनकचोकमा उनीहरुले ‘संविधानको रक्षा गरौं’, ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ लगायतको नारा लगाउँदै धर्ना सुरु गरेका हुन् ।

गत कात्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम शपथ लिएका मुख्यमन्त्री यादवले सात दलीय गठबन्धनको विरोधले काम गर्न पाएका छैनन् ।

यता सात दलीय गठबन्धनले सरकार गठन अवैधानिक रहेको भन्दै बदरको माग गर्दै मधेस भवन अगाडि नियमित धर्ना दिँदै आएका छन् ।

मधेश भवन अगाडि आज पनि सात दलीय गठबन्धनका प्रदेश सांसदहरु धर्ना बसिरहेका छन् ।