सोमबार २२ मंसिर, २०८२

कारोबार प्रणालीमा नासा सेक्युरिटिजले ल्यायो ‘नासा एक्स प्रो चार्ट’

कारोबार प्रणालीमा नासा सेक्युरिटिजले ल्यायो ‘नासा एक्स प्रो चार्ट’

 काठमाडौं । नासा सेक्युरिटिजले ग्राहकका लागि कारोबार प्रणालीमा आधुनिक र आकर्षक फिचर थपेको छ। यसलाई नासा एक्स प्रो चार्ट नाम दिइएको छ ।

यो फिचर अन्तर्राष्ट्रिय सेयर बजारमा धेरै रुचाइएकाले नेपालमा पनि आकर्षण हुने नासाको भनाइ छ । सेयर खरिद-बिक्रि गर्न, पोजिसन ट्रयाक गर्न र द्रुत गतिमा प्राविधिक विश्लेषण गर्नको लागि यो फिचरलाई नेपालमै पहिलो पटक नासा एक्समा निशुल्क उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

चार्ट ट्रेडिङ फिचर मार्फत ग्राहकले अब सजिलैसँग सेयरको मूल्य गतिविधि हेर्नुका साथै एकै पटक ८ ओटा सम्म स्कृप्टको चार्ट हेर्न र विश्लेषण गर्न सकिने छ।

प्रो चार्टमार्फत सेयर कारोबारका अन्य क्रियाकलापहरू फन्ड लोड गर्ने आफ्नो होल्डिङ रिपोर्ट हेर्न पनि सकिनेछ। जसमार्फत ग्राहकले सजिलैसँग आफ्नो कोलाटरल बारे जानकारी लिन र बैंक मार्फत कोलाटरल लोड गर्नका साथै आफ्नो खातामा भएका सेयरबारे जानकारी लिन सहज हुनेछ ।

यस चार्टबारे जानकारी दिन नासाले भिडियो पनि उपलब्ध गराएको छ ।