आइतबार २१ मंसिर, २०८२

एनपिएल : चितवनले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्ता

एनपिएल : चितवनले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्ता

काठमाडौँ ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा  चितवन राइनोजले टस जितेको छ । राइनोज र कर्णाली याक्स आमनेसामने हुँदा टस जितेर चितवनले पहिला बलिङ गर्ने निर्णय गरेको हो ।  दुवै टोली लिगमा विजयी सुरुवात गर्ने दाउमा छन् । 

युवा अलराउन्डर  कुशल मल्लको कप्तानीमा रहेको चितवनमा सोहेल तनबिर र रवि बोपरा जस्ता अनुभवी खेलाडी छन् भने  सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्ससँग राष्ट्रिय टिमका गुलसन झा, नन्दन यादव जस्ता नियमित खेलाडी छन् । 

हिजो भएको लिगको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै शानदार सुरुवात गरेको थियो।