चितवन राइनोज भर्सेस कर्णाली याक्स : यी हुन् चितवन र कर्णालीको प्लेइङ ११
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ । राइनोज र कर्णाली याक्स आमनेसामने हुँदा टस जितेर चितवनले पहिला बलिङ गर्ने निर्णय गरेको हो ।
दुवै टोली लिगमा विजयी सुरुवात गर्ने दाउमा छन् । युवा अलराउन्डर कुशल मल्लको कप्तानीमा रहेको चितवनमा सोहेल तनबिर र रवि बोपरा जस्ता अनुभवी खेलाडी छन् भने ।
कर्णालीको प्लेइङ ११ मा सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, पवन सर्राफ, युवराज खत्री, मार्क वाट, नजिबुललाह जाद्रान, प्रियांक पान्चाल, अर्जुन भर्ती, म्याक्स ओडाउड र युनिश सिंह ठकुरी रहेका छन् ।
