आइतबार २१ मंसिर, २०८२

हसिनालाई मृत्युदण्ड ‘दुर्भावनापूर्ण र बदलाको भावना’ बाट प्रेरित : आवामी लिग

हसिनालाई मृत्युदण्ड ‘दुर्भावनापूर्ण र बदलाको भावना’ बाट प्रेरित : आवामी लिग

काठमाडौं । बंगलादेशको आवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजायलाई ‘दुर्भावनापूर्ण र बदलाको भावना’ बाट प्रेरित भनेको छ ।

आवामी लिगले वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री हसिनालाई अदालतले दिएको मृत्युदण्डको सजाय खारेज गर्दै ‘दुर्भावनापूर्ण र बदलाको भावना’ बाट प्रेरित भनेको हो ।

पूर्वप्रधानमन्त्री हसिनाविरूद्ध चलाइएको मुद्दा एउटा नाटकभन्दा बढी केही पनि नभएको आवामी लिगको भनाइ छ ।

आवामी लिगले भनेको छ, ‘बंगलादेशका जनता, आवामी लिग र सबै मुक्तिसंग्रामका समर्थहरूको शक्तिले यो फैसलाविरूद्ध आन्दोलनको आँधी ल्याउने हामीले विश्वास गरेका छौं ।’

यसका साथै आवामी लिगले मंगलबार बंगलादेश बन्दको घोषणा गरेको छ । पार्टीले बुधबारदेखि शुक्रबारसम्म देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।

‘एक निर्वाचित सरकारको स्थानमा अवैध, असंवैधानिक, गैर–निर्वाचित फाँसीवादी युनुस र उसका सहयोगीहरूले गैर–कानुनी ढंगबाट देशको सत्तामाथि कब्जा गरेका छन्,’ वक्तव्यमा भनिएको छ, ‘यसका साथै अन्तर्राष्ट्रिय सिद्धान्तहरूको उल्लंघन गर्दै एक अवैध ट्राइब्युनल स्थापित गरेका छन् ।’