पान्चलको अर्धशतक, कर्णालीले दियो चितवनलाई १६७ रनको लक्ष्य
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको चुनौती दिएको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा आएका याक्सले तीन विकेट गुमाउँदै १६६ रन बनाएको छ।
ओपनिङ ब्याट्सम्यान प्रियांक पान्चालले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ९० रन बनाए। पान्चालले पहिलो विकेटका लागि म्याक्स ओ’डाउडसँग ६१ रन र दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
म्याक्स ओ’डाउडले २० रन र मार्क वाटले १६ रन योगदान गरे। पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अविजित २७ रन बनाए।
यस प्रदर्शनले कर्णाली याक्सलाई बलियो स्थितिमा राखेको छ र चितवन राइनोजका लागि ठूलो चुनौती सिर्जना गरेको छ।
