आइतबार २१ मंसिर, २०८२

सहकारी छानविन प्रतिवेदन सरकारले पुनःअध्ययन गर्नुपर्छ : रास्वपा उपसभापति वाग्ले

सहकारी छानविन प्रतिवेदन सरकारले पुनःअध्ययन गर्नुपर्छ : रास्वपा उपसभापति वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सरकारले सहकारी छानविन प्रतिवेदनलाई पुनःअध्ययन गर्नुपर्ने बताएका छन्।

मंगलबार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटपछि पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले संसदले तयार पारेको प्रतिवेदनमा एमालेको स्पष्ट नियत झल्किएका कारण अध्ययन पुनःगर्न आवश्यक रहेको टिप्पणी गरे।

उनका अनुसार लामिछानेलाई नख्खुमा ४/५ महिना र त्यसअघि भैरहवामा लामो समयसम्म राखिएको विषयको मूल आधार यही प्रतिवेदन नै भएको हो। वाग्लेले भने, “संसदले बनाएको प्रतिवेदन पेस भएको केही घण्टामै क्याबिनेटमा लगेर कारबाही अघि बढाउनु ओली सरकारको नियत स्पष्ट देखिने काम हो। जनताले पनि त्यो बुझिसकेका छन्।”

उनले प्रतिवेदनको पाना नम्बर ४४९ सरकारले फेरि अध्ययन गर्नुपर्ने र क्याबिनेटले सम्पूर्ण प्रतिवेदन पुनःसमिक्षा गरी आवश्यक परे अनुसन्धान पुनःथाल्न कानुनी राय लिनुपर्ने माग गरे।

वाग्लेले सहकारी छानविन प्रतिवेदनमा समेटिएका संवेदनशील बुँदाहरूलाई गम्भीरतापूर्वक विश्लेषण नगरी तत्कालीन सरकारले निर्णय गरेको दाबी गर्दै त्यसले अन्यायपूर्ण कारबाहीका आधार तयार गरेको बताएका छन्।