सोमबार २२ मंसिर, २०८२

साढे ७ खर्ब मूल्य बराबरका झुत्रा, च्यातिएका नोट राष्ट्र बैंकले धुल्यायो

साढे ७ खर्ब मूल्य बराबरका झुत्रा, च्यातिएका नोट राष्ट्र बैंकले धुल्यायो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा पुराना, झुत्रा र चलनचल्तीमा अयोग्य नोटहरू धुल्याएको छ। यस अवधिमा कुल साढे ७ खर्ब ४५ अर्ब रुपैयाँ मूल्य बराबरका नोटहरू संकलन गरी बैंकले नयाँ नोटसँग बदलिएको छ।

धुल्याइएको नोटमध्ये ५०० र १००० रुपैयाँका नोट सबैभन्दा बढी छन्। यसबाहेक ५, १०, २०, ५० र १०० रुपैयाँका नोटहरू पनि संकलन गरी धुल्याइएको छ।

राष्ट्र बैंकले प्रत्येक वर्ष पुराना नोट संकलन गर्ने र धुल्याउने काम नियमित रूपमा गर्दै आएको छ। यसले नोटको सुरक्षा र प्रयोगको सुविधा सुनिश्चित गर्छ। पर्वहरुमा पुराना नोटको व्यवस्थापन गरी नागरिकलाई सुविधा दिनु पनि यस प्रक्रियाको हिस्सा हो।