आइतबार २१ मंसिर, २०८२

वीरगञ्जमा नापी सर्भेक्षक १ लाख घुससहित अख्तियारको फन्दामा

वीरगञ्जमा नापी सर्भेक्षक १ लाख घुससहित अख्तियारको फन्दामा

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (एंटी करप्शन)ले वीरगञ्जबाट नापी कार्यालयका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

अख्तियारका अनुसार उनीहरूले छुट जग्गा दर्ता गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेका थिए। सेवाग्राहीबाट सूचना पाएपछि आयोगको केन्द्रीय कार्यालय, टंगालबाट खटिएको टोलीले उनीहरूलाई वीरगञ्ज महानगरपालिका-३, आदर्शनगरस्थित नापी कार्यालयबाटै रकमसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।