सोमबार २२ मंसिर, २०८२

मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरी वृत्त महराजगञ्जलाई दियो मोटरसाइकल

मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरी वृत्त महराजगञ्जलाई दियो मोटरसाइकल

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरी वृत्त महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

एक कार्यक्रम बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले नेपाल प्रहरी वृत्त महराजगञ्जका कार्यालय प्रमुख निरन्जन थापालाई दुई थान मोटरसाइकल हस्तान्तरण गरे ।

यो सहयोगले नेपाल प्रहरी मार्फत समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, संवेदनशील स्थानको निगरानी गरी समयमै सूचना संकलन गर्ने र देशमा सुशासन कायम राख्ने कार्यमा सहयोग पुग्ने बैंकको भनाइ छ ।

नेपाल प्रहरी अग्रपंक्तिमा रहेर नागरिक सुरक्षामा खटिने भएकाले यस सहयोगबाट कार्यसम्पादनलाई केही सहज बनाउन सहयोग पुग्ने बैंकले जनाएको छ ।