सोमबार २२ मंसिर, २०८२

फोहोर समस्या समाधान गर्न कुलमानले बोलाए ककनी र धुनीवेशीका प्रमुख

फोहोर समस्या समाधान गर्न कुलमानले बोलाए ककनी र धुनीवेशीका प्रमुख

काठमाडौँ । सहरी विकास मन्त्री कुलमान घिसिङले नुवाकोट र धादिङका पालिका अध्यक्षहरूलाई बोलाएका छन् ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दा र जनप्रतिनिधि मिलेर आजबाट फोहोर फाल्न रोकेपछि मन्त्री घिसिङले मन्त्रालयमा छलफल गर्न बोलाएको नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।  

‘मन्त्रीज्युको निमन्त्रणामा आएका हौँ । धुनीवेशीको मेयर बालकृष्ण आचार्य  पनि आउँदै हुनुहुन्छ । म चाहिँ मन्त्रालयमै आइसकेँ, अरू जनप्रतिनिधिहरू पनि आउँछन् । फोहोर सम्बन्धी निर्णायक वार्ता गर्ने तयारीमा छौँ,’  तामाङले भने ।