आइतबार २१ मंसिर, २०८२

सिप्रदी अटोपार्ट्सको लक्की ड्रमा विजेताहरूले जिते मोटरसाइकल, स्मार्टफोन र स्मार्ट टिभी

सिप्रदी अटोपार्ट्सको लक्की ड्रमा विजेताहरूले जिते मोटरसाइकल, स्मार्टफोन र स्मार्ट टिभी

काठमाडौँ- सिप्रदी अटोपार्ट्स प्रा.लि.ले देशभर सञ्चालन गरेको “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अत्यन्त सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

उच्च ग्राहक सहभागिता र सकारात्मक प्रतिक्रियाले भरिएको यो योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको नतिजा कम्पनीले सार्वजनिक गरेको हो।

लक्की ड्रका विजेताहरूको घोषणा नोभेम्बर १४, २०२५ (कार्तिक २८) मा काठमाडौँमा आयोजित TATA Genuine Parts Tigers Meet 2025 कार्यक्रममा गरिएको थियो। कार्यक्रमलाई सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो। विजेता छनोट गर्ने क्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालक अधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी उपस्थित थिए।

यस वर्षको लक्की ड्रमा बम्पर पुरस्कारअन्तर्गत Bajaj Pulsar 150cc मोटरसाइकल Eastern Roadlife ले जितेको छ, जसले टाटा जेन्युइन पार्ट्स Banglamukhi Motor Traders, विराटनगरबाट खरिद गरेको थियो।

दोस्रो ठूलो पुरस्कार TVS Ntorq 125cc काठमाडौँको कुलेश्वरस्थित Bigyan Automobiles बाट खरिद गर्ने ग्राहक सगर राउतले प्राप्त गरेका छन्। त्यस्तै, स्मार्ट टिभीको पुरस्कार Goenka Foods Pvt. Ltd. ले जितेको छ भने स्मार्टफोन Wonderland Boarding School ले हासिल गरेको छ।

कम्पनीका अनुसार, टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सले सवारीसाधनको सुरक्षा, दीर्घायु र प्रदर्शनमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। यी उत्पादनहरूप्रति ग्राहकहरूको विश्वास निरन्तर बढ्दै गएको बताइएको छ।

सिप्रदी अटोपार्ट्स प्रा.लि.ले नेपालभर गुणस्तरीय सक्कली पार्ट्स उपलब्ध गराउँदै, भरपर्दो बिक्रीपछिको सेवा तथा ग्राहकमैत्री योजनामार्फत ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।