एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन
काठमाडौं – एन आई सी एशिया बैंकले प्रमुख सूचना अधिकारी (CIO) र प्रमुख गुनासो अधिकारी (CGO) पदमा नयाँ नियुक्ति गरेको छ।
बैंकका अनुसार, सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावललाई प्रमुख सूचना अधिकारी र प्रमुख सञ्चालन अधिकृत/कम्पनी सचिव कमल खड्कालाई प्रमुख गुनासो अधिकारीको रूपमा नियुक्त गरिएको हो।
उनीहरूको नियुक्ति २०८२/०८/०३ गतेदेखि लागू हुने बैंकले जनाएको छ।
नव–नियुक्त प्रमुख सूचना अधिकारी रावलसँग बैंकसम्बन्धी आधिकारिक जानकारीका लागि मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न सकिनेछ।
यसैगरी, प्रमुख गुनासो अधिकारी खड्कालाई बैंकका सेवा तथा सुविधासम्बन्धी कुनै पनि गुनासोका लागि मोबाइल ९८०१९७७९३६, कार्यालय नम्बर ०१–५९७०१०१ वा इमेल [email protected]
मार्फत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
यो जानकारी प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले सार्वजनिक गरेका हुन्।
