आइतबार २१ मंसिर, २०८२

डोल्पामा डिजिटल बैंकिङको नयाँ युग : नेपाल बैंकद्वारा डोल्पामा एटिएम सेवा आरम्भ

डोल्पामा डिजिटल बैंकिङको नयाँ युग : नेपाल बैंकद्वारा डोल्पामा एटिएम सेवा आरम्भ

डोल्पा – नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित शाखा कार्यालयमा एटिएम सेवा सञ्चालन थालेको छ।

बैंकको ८९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेल ले स्थानीय सेवाग्राही र आन्तरिक पर्यटकलाई सहज बैंकिङ सेवा प्रदान गर्न एटिएम सुरु गरिएको जानकारी दिए।

सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेल ले भने, “डोल्पाका बैंकमा एटिएम थिएन भन्ने युगको अन्त्य भएको छ।”

ठूलीभेरी नगरपालिका–३ का वडाध्यक्ष भक्तबहादुर भण्डारी, उद्योग वाणिज्य संघ डोल्पाका अध्यक्ष लालीमान बुढा लगायतले बैंकको पहलको सराहना गर्दै भविष्यमा घरजग्गा धितो राखेर सहज ऋण सुविधा उपलब्ध गराउन माग गरे।

बैंकका शाखा प्रमुख भवि भण्डारी ले ग्राहकहरूलाई एटिएम कार्ड उपलब्ध गराइने जानकारी पनि दिएका छन्।