आइतबार २१ मंसिर, २०८२

एनएमबि बैंकले सुरु गर्‍यो सफ्टपोस सेवा, मोबाइलबाटै कार्ड भुक्तानी

एनएमबि बैंकले सुरु गर्‍यो सफ्टपोस सेवा, मोबाइलबाटै कार्ड भुक्तानी

काठमाडौँ। एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा महत्वपूर्ण कदम अघि बढाएको छ।

अब कुनै पनि एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ। यस सेवामार्फत साना र मझौला उद्यम, टुरिज्म व्यवसाय र अन्य व्यवसायीहरूले मोबाइलमै डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी स्वीकार गर्न सक्नेछन्।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे का अनुसार, “सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन, यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठूलो पाइला हो। हरेक व्यापारीको मोबाइल अब भुक्तानी टर्मिनल बन्नेछ।”

सफ्टपोसले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड अनुसार काम गर्ने हुँदा व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुनेछ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आइरहेको छ र यस सेवाको सुरुवातसँगै डिजिटल बैंकिङमा आफ्नो अग्रणी भूमिका थप प्रष्ट पारेको छ।