तीन महिनामा वाणिज्य बैंकहरुले कर्मचारी बोनसमा छुट्याए २ अर्ब ४ करोड
काठमाडौँ – चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा २० वाणिज्य बैंकहरूले कर्मचारी बोनस वापत कुल २ अर्ब ४ करोड १० लाख रुपैयाँ छुटाएका छन्। गत आवको सोही अवधिसँग तुलना गर्दा यो रकम १७.३३ प्रतिशत कम हो।
नेपाल बैंकले असोज महिनाका लागि ४ करोड ८२ लाख रूपैयाँ छुटाएको छ, जसमा गत आवको तुलनामा ३२.८२ प्रतिशत वृद्धि भएको छ। राष्ट्रिय वाणिज्य बैंकले ४ करोड ५० लाख, नबिल बैंकले २७ करोड ५८ लाख, ग्लोबल आईएमई बैंकले २७ करोड ६५ लाख र प्राइम बैंकले १९ करोड ९८ लाख रूपैयाँ बोनस वापत छुटाएका छन्।
त्यस्तै, हिमालयन बैंक ११ करोड ५८ लाख, स्ट्याण्डर्ड चाटर्ड बैंक १० करोड ९८ लाख, नेपाल एसबीआई बैंक ७ करोड ९६ लाख, एनएमबी बैंक १४ करोड ५३ लाख, कुमारी बैंक १५ करोड ८५ लाख, माछापुच्छ्रे बैंक ६ करोड ६३ लाख, लक्ष्मी सनराइज बैंक ४ करोड ९३ लाख, सिद्वार्थ बैंक ५ करोड ३७ लाख, एनआईसी एसिया बैंक १ करोड ९३ लाख, प्रभु बैंक १३ करोड २ लाख, सानिमा बैंक ७ करोड ४ लाख रूपैयाँ छुटाएको छ।
कृषि विकास बैंक र सिटिजन्स बैंकले यस अवधिमा कुनै बोनस छुटाएका छैनन्।
बोनसमा सबैभन्दा बढी वृद्धि राष्ट्रिय वाणिज्य बैंकले देखाएको छ भने केही बैंकले गत आवको तुलनामा कटौती गरेका छन्।
