राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष अर्यालले लिए सपथ
काठमाडौं – राष्ट्रिय जीवन बीमा कम्पनीको संचालक समितिले मंसिर ५ गते बसेको बैठकमा रमेश अर्याललाई कम्पनीको संचालक समितिको अध्यक्षमा नियुक्त गरेको छ। उनी यसअघि कम्पनीका संचालक र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका थिए।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले अर्याललाई प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका छन्।
सो अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी र राष्ट्रिय जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी लगायत अन्य पदाधिकारीहरू उपस्थित थिए।
यो नियुक्तिले कम्पनीको नेतृत्व बलियो बनाउने र बीमा क्षेत्रको व्यवस्थित सञ्चालनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
