वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति बढेको बढ्यै, तीन महिनामा ४३ अर्ब २४ करोड बढी
काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूमा गैर-बैंकिङ सम्पत्ति (एनबीए) लगातार बढ्दै गएको छ। ऋणीहरूले कर्जा तिर्न नसक्दा वा सकारेको धितो उठाउँदा बैंकहरूको एनबीएमा उल्लेखनीय वृद्धि भएको हो।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको कुल गैर-बैंकिङ सम्पत्ति ४३ अर्ब २४ करोड ३ लाख रूपैयाँ पुगेको छ। यो गत आवको समान अवधिको ३६.२६ प्रतिशत बढी हो।
सबैभन्दा धेरै गैर-बैंकिङ सम्पत्ति ग्लोबल आईएमई बैंकसँग रहेको छ, जसको रकम ६ अर्ब ५ करोड ५९ लाख रूपैयाँ छ, जुन गत आवको तुलनामा १८.०७ प्रतिशतले बढेको हो। दोस्रो स्थानमा हिमालयन बैंकको ५ अर्ब ९३ करोड ४ लाख र तेस्रोमा एनआईसी एसिया बैंकको ४ अर्ब ४६ करोड ४ लाख रूपैयाँ एनबीए रहेको छ।
अन्य बैंकहरूको विवरण यस प्रकार छ : प्राइम बैंक ४ अर्ब २५ करोड ७५ लाख, एनएमबी मेगा बैंक ३ अर्ब ८७ करोड ६८ लाख, नबिल बैंक ३ अर्ब ४५ करोड ७२ लाख, कुमारी बैंक २ अर्ब ५२ करोड ११ लाख, लक्ष्मी सनराइज बैंक २ अर्ब १९ करोड ६३ लाख, एनएमबी बैंक १ अर्ब ७७ करोड २५ लाख, प्रभु बैंक १ अर्ब ६८ करोड ५८ लाख, कृषि विकास बैंक १ अर्ब ३४ करोड ४९ लाख, सिटिजन्स बैंक १ अर्ब २६ करोड २५ लाख, सानिमा बैंक १ अर्ब ३ करोड ८८ लाख, नेपाल एसबीआई बैंक ९५ करोड ४ लाख, सिद्धार्थ बैंक ७७ करोड २० लाख, माछापुच्छ्रे बैंक ६० करोड ७ लाख, एभरेष्ट बैंक ५३ करोड ४५ लाख, नेपाल बैंक २६ करोड ४२ लाख, राष्ट्रिय वाणिज्य बैंक २५ करोड ६७ लाख रूपैयाँ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एनबीएका वृद्धिले बैंकहरूको वित्तीय स्वास्थ्यमा दबाव सिर्जना गर्ने सम्भावना देखिएको छ। विशेषज्ञहरूले ऋणी व्यवस्थापन सुधार, कर्जा प्रवाह सुनिश्चित र जोखिम नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।
