सोमबार २२ मंसिर, २०८२

उकालो लाग्यो सुन, तोलामा २ हजार ९ सय बढ्यो

उकालो लाग्यो सुन, तोलामा २ हजार ९ सय बढ्यो

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य उल्लेख्य रूपले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामै २ हजार ९०० रुपैयाँले वृद्धि भएको छ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ तोकिएको छ। यसअघि शुक्रबार छापावाल सुन २ लाख ४१ हजार ७०० रुपैयाँ मा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा ३ हजार १०० रुपैयाँ रहेको चाँदी आइतबार बढेर तोलामा ३ हजार १३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।