एनआईसी एशिया बैंकका ग्राहकलाई Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा १० प्रतिशत छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा थेरापी सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुलाइ बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको यस सेन्टरका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकका प्रमुख सूचना अधिकारी जयन्द्र रावल जानकारी दिनुभयाे ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
