चार महिनामा निर्यात ७७ प्रतिशत वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा साउनदेखि कात्तिकसम्म नेपालबाट हुने निर्यात ७७ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ।
भन्सार विभागका तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिमा निर्यात ५२ अर्ब ६७ करोड रुपैयाँ थियो भने यस वर्ष बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको छ।
निर्यात वृद्धिले अर्थतन्त्रका लागि सकारात्मक संकेत दिएको विभागले जनाएको छ। कुल निर्यात हुने वस्तुहरूमा सबैभन्दा ठूलो हिस्सा फलाम, तेलघ्युजन्य वस्तु र धागो रहेका छन्।
सो अवधिमा कुल निर्यातमा ४५ अर्ब १४ करोड ३७ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु निर्यात भएको छ। दोस्रो ठूलो हिस्सा ४४ अर्ब ७० करोड २३ लाख रुपैयाँको तेल तथा घ्युजन्य वस्तु रहेछ भने तेस्रोमा ९ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको विभिन्न प्रकारको धागो निर्यात भएको छ।
त्यस्तै अन्य प्रमुख निर्यात वस्तुहरूमा ५ अर्ब ९१ करोड २२ लाख रुपैयाँको चिया, कफी तथा मसलाजन्य वस्तु, ४ अर्ब ५५ करोड ३७ लाख रुपैयाँको तयारी तथा अन्य कपडा, ३ अर्ब ६० करोड ७९ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ।
अन्य वस्तुहरूमा १ अर्ब ३९ करोड १५ लाख रुपैयाँको बिरुवा, २ अर्ब २३ करोड ७१ लाख रुपैयाँको पशुजन्य आहार, १ अर्ब १९ करोड १९ लाख रुपैयाँको पेष्टिकुकका उत्पादन, १ अर्ब ४२ लाख रुपैयाँको साल्ट सल्फर, १ अर्ब १६ करोड ८७ लाख रुपैयाँको फार्मास्यूटिकल, २ अर्ब ३९ करोड ४८ लाख रुपैयाँको काठ तथा काठजन्य वस्तु, १ अर्ब ४ लाख रुपैयाँको जुत्ता चप्पल र २ अर्ब ५१ लाख रुपैयाँ बराबरको अन्य निर्यात वस्तु रहेको छ।
यस तथ्यांकले नेपालको निर्यात विविधता र अर्थतन्त्रमा निर्यातको योगदान दुवै देखाएको छ।
